१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज दही खाने विशेष दिन : के के छन् दहीका फाइदा तथा बेफाइदा


416
Shares

दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दहीमा चिनी मिसायर खाने प्रचलन छ ।

दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ ।

तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ ।

दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त पनि बन्न पुग्छ । दहीका फाइदा तथा बेफाइदाहरू निम्म छन् ।

फाइदाहरू :

१. नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।

२. तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्दत गर्छ ।

३. दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।

४. मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्दत गर्छ ।

५. दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।

६. दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।

७. दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।

८. पायल्स रोगबाट पिडित व्यक्तिहरुले भोजनपछि एक गिलास दही वा मोही पिउँदा फाइदा मिल्छ ।

९. हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस्, यसलाई तपाईंलाई फाइदा पुर्‍याउँछ ।

१०. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।

११. दहीमा बेसनको मिश्रणले शरीरमा मालिस गर्नुस् । त्यसको केही बेरपछि नुहाउनुस् । यसले पसिनाको दुर्गन्ध कम हुँदै जान्छ ।

१२. भर्खरै दाँत आउन लागेका बच्चालाई दहीमा मह मिसाएर चटाउनुस् । यसले दात सजिलै निस्कन मद्दत गर्छ ।

१३. रातमा निद्रा नलागरेर चिन्दामा हुनुहुन्छ भने पनि दही वा तरको नियमित सेवनले अनिद्राको समस्या बिस्तारै कम हुँदै जान्छ ।

बेफाइदाहरू :

१. शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।

२. घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ ।

३. हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।

४. विशेषगरी दहीलाई रातीको समयमा खानु उपयुक्त मानिदैनन् । राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ ।