१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलिउडमा सबैले लागूऔषध प्रयोग गर्छन भन्ने छैन् : सुनिल शेट्टी


507
Shares

एजेन्सी । भारतीय अभिनेता सुनिल शेट्टी ‘अन्तर्राष्ट्रिय दिवस अगेन्स्ट ड्रग एब्यूज एन्ड इलिसिट ट्राफिकिङ’ कार्यक्रममा सहभागी भएका थिए । उनले मञ्चमा बलिउडमा लागूऔषधबारे कुरा गरे र स्टार किड्सको बचाउ गरे । उनले बालबच्चाबाट गल्ती हुने गरेको पनि बताए ।

भारतीय फिल्म उद्योगमा समय समयमा ड्रग्सको मुद्दा उठ्ने गरेको छ । विषेशगरी स्व. अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्सको मुद्दा सेलाएको छैन । ‘बाइकट बलिउड’ जस्ता ह्यासट्यागहरू पनि सामाजिक सञ्जालमा ट्रेन्डिङ हुने गर्छन् । केही समय पहिला अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । यस्तै, हालै शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई बैंगलोर प्रहरीले पक्राउ गरेको थियो । यद्यपी आर्यनले यस मुद्दामा क्लिन चिट पाएका छन् ।

सुनिल शेट्टी सीबीआईको कार्यक्रममा पुगेर बलिउड र ड्रग्सबारे कुराकानी गर्दै भनेका छन्, ‘एकजनाले गल्ती गर्छन् तर, सबै जनालाई आरोप आउने गर्दछ । वास्तवमा यस्तो होइन । म यो उद्योगमा पछिल्लो ३० वर्षदेखि काम गरिरहेकी छु र यहाँ मेरा ३०० भन्दा बढी साथी छन् । उनीहरुले आफ्नो जीवनमा कहिल्यै पनि ड्रग्स प्रयोग गरेनन् । बलिउड भित्र सबैले ड्रग्स लिन्छन् भन्ने छैन् । गल्ती हामी पनि गर्छौँ । तर, बच्चा सोचेर माफी दिनुहोला । बलिउड उद्योग ड्रग्सले भरिएको छैन । यहाँ सबै ड्रगिस्ट छैनन् ।’

सुनिल बलिउडमा ‘अन्ना’ भनेर चिनिन्छ। सुनिलले सन् १९९२ मा ३१ वर्षको उमेरमा फिल्म ‘बलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए । उनले चलचित्रमा नायकसँगै खलनायकको भूमिका पनि निर्वाह गरेका छन् । सुनिलले फिल्म धड्कनका लागि बेस्ट खलनायकको फिल्मफेयर अवार्ड पनि पाएका छन् ।