
एजेनसी । भारतीय अभिनेता शाहिद कपूरले फिल्म असफल हुँदा पनि आफ्नो पारिश्रमिक बढाएका छन् ।
शाहिद कपूर भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो अभिनयले दर्शकहरूलाई प्रभावित पारेका छन् । तर, उनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘जर्सी’ ले बक्स अफिसमा खासै कमाई गर्न सकेन । फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाए पनि प्रदर्शन भने राम्रो गर्न सकेन । फिल्म फ्लप नै रह्यो । उनको पछिल्लो फिल्म असफल रहेपनि उनले आफ्नो पारिश्रमिक बढाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार हालै एक निर्देशकले शाहिदलाई एउटा ठूलो प्रोजेक्टका लागि सम्पर्क गरेका थिए । जसका लागि शाहिदले ३५ करोड भारतीय रुपैयाँ मागेका छन् । शाहिदले पहिलाको परिश्रमिकको तुलनामा ५ करोड भारतीय रुपैयाँ बढी मागेका हुन् ।
फिल्म निर्माताहरूले शाहिदको यो माग पूरा गर्नका लागि केही समय मगेका छन् । किनकि फिल्म निर्माताहरू शाहिदको पारिश्रमिकलाई लिएर अन्योलमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्