१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस नेता शेखर कोइरालाले डाके आफ्नो समूहको भेला


221
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला डाक्नुभएको छ ।

बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा डाकिएको भेलामा विशेष गरी देशको पछिल्लो आर्थिक अवस्थाको विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसभित्र कोइराला पक्षले यसअघि नै अर्थमन्त्री जनार्दन शर्माका कारण अर्थतन्त्र समस्यामा परेको निष्कर्ष निकाल्दै शर्मालाई अर्थमन्त्रीबाट हटाउनु पर्ने बताउँदैआएको छ ।

यस्तै, आजको बैठकमा पार्टीको आन्तरिक मामिला र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि विधानअनुसार गठन गर्नुपर्ने मनोनीत तथा विभाग र समितिहरू गठन नगरेकोमा पनि कोइराला पक्षले आपत्ति जनाउँदै आएको छ ।

स्थानीय निर्वाचन सम्पन्न भएपछि त्यसको समीक्षाका लागि समेत केन्द्रीय समिति बैठक नराखिएकोप्रति पनि कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ ।