
web pic
काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बेलुकी भ्यान र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बालाजुस्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी बा ६ च ४८११ नम्बरको टाटा डिआई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल जुध्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय संजिव कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्