
फाइल तस्विर
काठमाडौंं । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । बिरामीहरु सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् ।
बिरामी सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए ।
प्रतिक्रिया दिनुहोस्