
Web Pic
काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२ रातोपडमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सूदूरपश्चिम प्रदेश–०२–००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्