
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज शुक्रबार पनि बस्दैछ ।
बिहीबारबाट सुरू भएको भेला शुक्रबार पनि बस्नेछ । शुक्रबारको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ ।
प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको विरुद्धमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ ।
बिहीबारको बैठकमा कोइराला पक्षले देउवाबिरुद्ध रचनात्मक विद्रोह गर्ने निस्कर्ष निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्