
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र महराजगञ्जस्थित काठमाडौं प्याथ ल्याब र डाइग्नोसिटक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई काठमाडौं प्याथ ल्याब र डाइग्नोसिटक सेन्टरमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुनेछ । यसमा सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु संस्थाबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्