१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसकाे स्थानीय निर्वाचनको समीक्षा गरी तयार गरेकाे प्रतिवेदन पारित


78
Shares

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का नेतृत्वको टोलीले उक्त प्रतिवेदन तयार गरेको थियो । कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बिहिबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका विषयमा छलफल गरी प्रतिवेदन पारित गरिएको नेताहरुले बताएका छन् । आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।