
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले ललितपुरको ग्वार्कोमा रहेको युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट पाउने भएका छन् ।
बिहीबार बैंक र सेन्टरबीच भएको सम्झौतापछि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउने भएका हुन् ।
सेन्टरमा फिटनेससम्बन्धी सम्पूर्ण सुविधा लिन सकिनेछ ।
बैंकले हालसम्म १०३ शाखा कार्यालय, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्