
काठमाडौं । अर्थविद् डा. गोविन्द नेपालले मुलुकको अर्थतन्त्रमा थप संकटहरू बढ्दै जाने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्रमा संकट रहेको र त्यो अझै बढ्ने बताउनुभयो । यद्यपि थपिने संकटले श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने उहाँको दाबी छ ।
‘अहिले मुलुकको अर्थतन्त्र संकटतर्फ छैनौं भन्ने अवस्था छैन, संकटमा छौं, अझै संकट बढ्न सक्छ,’ उहाँले भन्नुभयो, ‘श्रीलंकाको जस्तो हुन्छ भनेर नाम लिनुपर्ने अवस्था छैन, संकटको दिशामा छौं ।’
अहिलेको बजेटले कृषिलाई प्राथमिकतामा राखेको स्मरण गर्दै डा. नेपालले कृषि उत्पादनमा जोड दिएर आयाथ प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि किसानलाई समयमै मल र विउको व्यवस्था गर्नुपर्ने भए पनि त्यसमा सरकार असफल भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्