
काठमाडौं । दक्षिणी इरानमा आज शनिबार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।
भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।
चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
प्रतिक्रिया दिनुहोस्