१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘लाइगर’को पोष्टरमा नग्न विजय


507
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेता विजय देवरकोन्डा आफ्नो अगामी फिल्म ‘लाइगर’लाई लिएर चर्चामा छन् ।

सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेसँगै चलचित्रप्रेमी र फिल्मकर्मी मात्र नभएर अन्य क्षेत्रका मानिसको ध्यान पनि उनमा केन्द्रीत भएको छ ।

सार्वजनिक पोस्टरमा पूर्ण रूपमा नग्न देखिएका उनको हातमा गुलाबको गुच्छा छ । पोस्टरपछि उनका प्रसंशकहरू निकै फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन् ।

‘एउटा यस्तो फिल्म जसले मेरो सबैकुरा लियो,’ फिल्ममा बक्सरको भूमिकामा देखिन लागेका उनले पोस्टर सार्वजनिक गर्दैै लेखेका छन्, ‘मेरो सबैभन्दा चुनौतीपूर्ण भूमिका प्रदर्शनको लागि मानिसक र शारीरिक रूपमा मैले फिल्ममा सबै दिएँ, अब छिट्टै आउँदैछ लाइगर ।’

फिल्ममा विजयको साथमा अनन्या पाण्डेको पनि अभिनय छ । फिल्मबाट विजयले बलिउडमा डेब्यु गर्न लागेका हुन् । यी दुई बाहेक फिल्ममा रम्या कृष्ण, रोनित रोय, मकरनन्द देशपाण्डे र बिष्णु रेड्डी पनि रहेका छन् । फिल्ममा माइक टायसन पनि विशेष भूमिकामा देखिने छन् ।

पूरी जगत्राथ र निरमाद्वारा निर्देशित फिल्म अगस्ट २५ मा प्रदर्शन हुने भएको छ । फिल्मलाई हिन्दी, तेलगु, तमिल, कन्नड र मलयालम भाषमा प्रर्दशन गर्न लागिएको हो ।