१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयातमुखी अर्थतन्त्र बढ्दै गए थप संकट निम्तिने डा. श्रेष्ठको चेतावनी


26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताउनुभएको हो ।

प्रमुख श्रेष्ठले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताउनुभयो । नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी सन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भरपर्नुपर्ने अवस्था बढेको बताउनुभयो ।

डा. श्रेष्ठले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताउनुभयो । पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको उहाँले बताउनुभयो ।

पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको भन्दै उहाँले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताउनुभयो ।

नेपालबाट विद्युत् निर्यात हुन थालेको तथा नेपाली सिमेन्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुनसक्ने आँकलन गरिएको उहाँको भनाइ छ । उहाँले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताउनुुभयो ।