२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दोस्रो अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै


130
Shares

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज क्यानाडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।

क्यानाडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानाडा बसाइमा क्यानाडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । क्यानाडा र नेपालबीचको खेल असार २० र २१ गते हुनेछ ।

त्यसपछि नेपाली टिम विश्वकप लिग–२ सिरिज खेल्न स्कटल्याण्ड जानेछ । त्यहाँ नेपालले स्कटल्याण्डसहित नामिबियाको सामना गर्नेछ ।