
एजेन्सी । भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानाडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो ।
कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो ।
साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो । सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए । जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन् ।
अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए । जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए ।
अदालतको कार्वाहीमा जानुअघि कपिलसँग कैयौंपटक कुरा गर्ने प्रयास गरेको, तर उनी सम्पर्कमा नआएपछि अदालत जानु परेको जेटलीले बताएका छन् ।
उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्