
काठमाडौं । भारतको बिहारमा गुडिरहेको एउटा रेलमा आगलागी भएकाे छ ।
भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमावर्ती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आइतबार बिहान आगलागी भएकाे हाे । तर रेलमा आगलागी भएता पनि मानवीय क्षति भने भएको छैन् ।
भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बामा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । साेही रेलको इन्जिनमा आगलागी कसरी भयाे भन्ने कारण भने खुलिसकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्