१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो


117
Shares

पाँचथर । गत शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ ।

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

पहिरोले घर बगाउँदा फालेलुङ–७ विहीदिनका ४२ वर्षीय रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । गोमा रुपलालकी श्रीमती हुन् भने एलिसा भतिजी हुन् ।

पहिरोमा पुरिएका रुपलालको शव भने शनिबार विहान ८ बजे फेला परेको थियो ।