१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कर्णालीमा नुहाउन गएका बालक बेपत्ता


91
Shares

बर्दिया । कर्णाली नदीमा नुहाउन गएका एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा राजापुर नगरपालिका–४ दलैका १६ वर्षीय कौसल चौधरी रहेका छन् ।

नदीमा नुहाउन गएका बेला आइतबार दिउँसो बेपत्ता भएको स्थानीय दिपक कुर्मीले बताउनुभयो । बेपत्ता चौधरीको स्थानीय र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् ।

यसैबीच, नदीले बाढीको समयमा उद्धार गर्न प्रयोग गरिने स्थानीय पप्पु कुर्मीको स्टिमरसमेत बगाएको छ । स्टिमरको पनि भारतीय बाध कैलासपुरीसम्म खोजी भइरहेको छ ।