
काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानविन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।
कार्यदलले स्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै परेको उजुरीको छानविन र कारबाहीको सिफारिस गर्नेछ ।
चुनावमा धेरै स्थानमा नेताहरूले नै आफूले इच्छाएका व्यक्तिले टिकट नपाएपछि अन्तर्घात गरेको भन्दै उजुरी परेका छन् । कार्यदलले त्यसको निरुपणका लागि काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्