६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश


26
Shares

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् । रिज्थोभनविरुद्धको खेल जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ ले जितेका हुन् ।

करियरमा २१ औं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका जोकोभिचको अबको भिडन्त इटालीयन खेलाडी यानिक सिनरसँग हुनेछ । दशौं वरियताका खेलाडी सिनरले राउण्ड अफ सिक्सटिनमा स्पेनका कार्लोस अल्कारेजलाई ६–१, ६–४, ६–७ र ६–३ को सेटमा पराजित गरेका थिए।

आइतबार राति भएका अन्य खेलहरूमा विजयी हुँदै बेल्जीयमका डेभिड गोफीन र ब्रिटेनका क्यामरून नुरी पनि क्वाटरफाइनलमा पुगेका छन् ।