२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इटालीमा पहिरो जाँदा ५ जनाको मृत्यु, ८ घाइते


611
Shares

काठमाडौं । इटालीमा हिमपात र पहिरो जाँदा पाँच जना मानिसको मृत्यु भएको छ ।

इटलीको उत्तरी पहाडी क्षेत्रमा एउटा ठूलो हिउँको ढिक्को खस्दा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी घाइते भएका ८ जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

उद्धार कार्यका लागि पाँच वटा हेलिकोप्टर र दर्जनौं आपतकालीन कर्मचारी परिचालन गरिएको छ । घटनाकाे विषयमा सार्वजनिक भएको एउटा भिडियोमा सोही क्षेत्र नै सबै भन्दा अग्लो पहाड मार्मोलदाको भिरालोमा विशाल हिउँका पिण्ड झरेको देखिएको छ ।

हिमपात र पहिरोका क्रममा कति पर्वतारोहीले हिमाल चढ्दै गरेका थिए भन्ने यकिन रूपमा जानकारी नभएका कारण अन्यको खोजी कार्य जारी रहेकाे छ ।