
web pic
काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको हो ।
विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको खोजी कार्य गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्