
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज (साेमबार) भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
राजदूत श्रीवास्तवले पहल गर्ने आश्वासन समेत दिनुभएको छ । भर्खरै जिम्मेवारी सम्हानुभएका राजदूत श्रीवास्तव केही दिनदेखि राजनीतिक तथा उच्च अधिकारीसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्