१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘अर्थमन्त्री र बजेटको बनाउँदाको विषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्छ’


130
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

सांसद कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउन सरकारले संसदीय छानविन समिति गठन गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।

सोमबार संसद भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानविन समिति बनेको दृष्टान्त पेश गर्दै उहाँले यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

सांसद कर्णले बजेट निर्माणको बेलाको सीसीटिभी फुटेज सार्वजनिक गरेर आफू निर्दोष रहेको प्रमाणित गर्नुपर्नेमा अर्थमन्त्री शर्माले त्यो आफैं डिलिट भयो भनेर गम्भीर भूल गरेको पनि बताउनुभयो ।

सरकारले सो घटनाको सीसीटिभी फुटेज डिलिट गरेर त्यसको प्रमाणनै नष्ट गर्न खोजेको सांसद कर्णको आरोप थियो । उहाँले नागरिकता सम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्न पनि सरकारलाई दवाव दिनुभयो ।