१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१ सय ६६ देशसँग नेपालको आर्थिक कारोबार, कुन देशसँग नाफामा ?


1.183k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्ब बढीको सामान वस्तु आयात गरेको नेपाली बजारले १ सय ६६ मुलुकसँग आर्थिक कारोबार गरेको देखिएको छ ।

कारोबार भएका अधिकांश मुलुकसँग घाटाको व्यापार गरिरहेकोमा १५ खर्ब ७७ अर्ब व्यापार घाटा छ । यो अवधिमा मुलुकले १ खर्ब ८५ अर्बको निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा ५३ प्रतिशतले निर्यात व्यापार बढे पनि आयातको आकार बढी हुँदा निर्यातको प्रभावकारीता देखिन सकेको छैन ।

नेपालले गत वर्ष यो अवधिमा १ खर्ब २१ अर्बको सामान निर्यात गरेको थियो । चालु वर्षको ११ महिनामा १ सय ६६ मुलुकसँग गरेको कारोबारमा नेपालले धेरै मुलुकबाट आयात मात्र गर्दा केहि मुलुकमा निर्यात गरेको छ ।

कारोबार भएकामध्ये छिमेकी मुलुक भारत र चीनबाट सबैभन्दा बढी रकमको सामान आयात भएको देखिएको छ । भारतबाट ११ खर्बको सामान आउँदा चीनबाट २ खर्ब ४४ अर्बको सामान भित्रिएको छ ।

यस्तै अर्जेन्टिनाबाट ३७ सय करोडको सामान आयात हुँदा अष्ट्रेलियाबाट २३ सय करोड बढीको सामान आयात भएको छ ।

नेपालले पार्ओर्टो रिको नामक मुलुकबाट २१ करोड बढीको सामान आयात गर्दा ७ लाख २४ हजारको निर्यात गरेको छ । यो मुलुकसँग २० लाख बढी घाटामा व्यापार भएको छ ।

यस्तै सेन्ट हेलेना नामक मुलुकसँग भने नाफाको व्यापार भएको छ । उसँगको कारोबारमा जम्मा ३६ हजारको सामान आयात हुदा २ लाख ९८ हजारको निर्यात भएको छ ।

कोकोसबाट नेपालले ११ महिनाको अवधिमा १५ लाख ७८ हजारको सामान आयात भएको छ ।

त्यस्तै नेपालले इस्टोनियाबाट ६६ लाख ६६ हजारको आयात गर्दा ३४ लाख ७६ को निर्यात गरेको छ । इष्ट टिमोरसँग १३ लाख ४८ हजारको आयात गर्दा जम्मा १२ हजारको निर्यात भएको छ ।

एल साल्भाडोरबाट पनि नेपालीले ९ लाख बढीको सामान आयात गर्दा निर्यात भने शून्य छ । इथियोपियासँग १ करोड ८२ लाखको आयात, ५ लाख ४७ हजाको निर्यात , गबोनसँग ६ करोड ४९ लाखको सामान आयात हुदा निर्यात शुन्य छ ।

यस्तै ग्वाडलेप नामक मुलकबाट १ लाख १० हजारको सामान आयात हुँदा निर्यात शुन्य छ । ओमानबाट २३ करोड ३० लाखको सामान आयात हँुदा १ लाख २५ हजारको निर्यात भएको छ ।

पाराग्वेसँग ५ अर्ब ४३ करोडको सामान भित्रिँदा निर्यात शुन्य छ । सिरियालियोनसँग भने नाफाको व्यापार छ । यो मुलुकमा ४५ लाखको सामान निर्यात गर्दा ३५ लाखको आयात भएको छ ।

यस्तै डोमिनिक रिपब्लिकबाट ३८ करोडको सामान आयात गर्दा निर्यात शून्य भएको विभागको तथ्यांकले देखाएको छ ।

एकातिर विदेशी मुद्रको संचितिमा आइरहेको कमी अर्को तर्फ दिन प्रतिदिन बढ्दो आयात, सरकारले केहि वस्तुको आयातमा कडाई गरेपनि प्रतिफल प्रभावकारी बन्न सकेको छैन ।