६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश


39
Shares

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इंग्ल्याण्डको लण्डनमा सोमबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका बोटिच भान डे जान्डस्लपलाई सोझो सेटमा हराउँदै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।

बोटिच विरुद्धको खेल नाडालले ६–४, ६–२ र ७–६ को सेटमा जिते । नाडालले अब क्वाटरफाइनलमा अमेरिकी खेलाडी टेलर फ्रिट्जको सामना गर्नेछन् ।

राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा अमेरिकाका ब्राण्डन नाकाशिमालाई ४–६, ६–३, ७–६, ३–६ र ६–२ ले हराउँदै अष्ट्रेलियन खेलाडी निक किर्गियोस पनि क्वाटरफाइनलमा पुगेका छन् ।

यस्तै, महिलातर्फ रोमानियाकी सिमोना हालेप क्वाटरफाइनलमा पुगेकी छिन् । राउण्ड अफ सिक्सटिनको खेलमा स्पेनकी पावला बदोसालाई ६–१ र ६–२ को सेटमा हराउँदै हालेप क्वाटरफाइनलमा पुगेकी हुन् ।