
काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ ।
युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे । सो शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो किरिलेन्कोले मानिसलाई तथा युक्रेनी सेनाको जीवन रक्षाका लागि शहर छोड्न अपील समेत गर्नुभएको हो ।
सोही शहरमा बसेका मानिसका कारण युद्ध लड्न असहज भएको भन्दै उनीहरुलाई डोनेट्स्क शहर छोड्न अपील गरिएको किरिलेन्काले बताउनुभयो । रुससँगको युद्धमा यसअघि नै युक्रेनका ७१ लाख मानिस विस्थापित भइसकेका छन् । बाँकी ४८ लाख मानिस पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।
दोनेत्स्क शहर पूर्वी युक्रेनमा रुसको नियनत्रणमा जानबाट बचेको अन्तिम शहर हो ।
प्रतिक्रिया दिनुहोस्