६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सर्वियाका जोकोभिच र बेलायतका नुरी विम्बल्डन टेनिसको सेमिफाइनलमा


39
Shares

काठमाडौं । सर्वियाका नोभाक जोकोभिच र बेलायतका क्यामरुन नुरी विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनलमा इटालीका यानिक सिनरलाई ३–२ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।

सिनर विरुद्धको खेलको सुरुवाती दुई सेट जोकोभिचले ५–७ र २–६ ले हारे । तर यसपछिका तिन सेट ६–३, ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्दै जोकोभिच सेमिफाइनलमा प्रवेश गरे ।

सेमिफाइनलमा जोकोभिचको भिडन्त ब्रिटिश खेलाडी क्यामरुन नुरीसँग हुनेछ । क्वाटरफाइनलमा बेल्जीयमका डेभिड गोफिनलाई ३–६, ७–५, २–६, ६–३ र ७–५ को कठिन सेटमा हराउँदै घरेलु खेलाडी नुरी सेमिफाइनलमा पुगेका हुन् ।

यस्तै, महिलातर्फ जर्मनीकी तात्याना मारिया र ट्युनिसियाकी ओन्स जबिउर सेमिफाइनलमा पुगेका छन् । जर्मन खेलाडी मारियाले क्वाटरफाइनलमा आफ्नै देशकी युली निमियरलाई २–१ को सेटमा हराइन् ।

यसैगरि, विम्बल्डनको सेमिफाइनलमा पुग्ने पहिलो अरब खेलाडीको किर्तीमान बनाउनेक्रममा ट्युनिसियाकी जबिउरले चेक गणतन्त्रकी मेरी बुज्कोभालाई ३–६, ६–१ र ६–१ को सेटमा पाखा लगाइन् ।