१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्री विवादमा तानिएपछि सचिव मरासिनी बिदामा


325
Shares

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी केही दिनका लागि बिदामा बस्नुभएकाे छ ।

अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करकाे दरमा परिवर्तन गराएको लगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मरासिनी बिदामा बस्नुभएकाे हाे ।

उहाँ बुधबार देखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ ।

बिदा बसेको विषयमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिवलाई जानकारी गराउनुभएकाे छ । अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मरासिनी अर्थ मन्त्रालय नफर्कने मुडमा रहनुभएको श्रोतको दाबी छ ।

बिदा बसेको विषयमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिवलाई जानकारी गराएको बुझिएको छ । अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मरासिनी अर्थमन्त्रालय नफर्कने मुडमा रहनुभएको श्रोतको दावी छ ।