
काठमाडौं । प्रतिनिधि सभाको बैठक अझै सुरू हुन सकेको छैन् । आज बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरू हुन नसकेको हो ।
बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले बुधबार बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ ।
एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ ।
त्यसअघि माओवादीले एमालेसँग वार्ता गर्ने प्रयास भएपनि वार्ता हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्