
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा एक वृद्धको आर्थिक अभावका कारण उपचार नपाउँदा मृत्यु भएको छ ।
तरकारीमा प्रयोग गरिने विषादी सेवन गरेका रामपुर–१, आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको आर्थिक अभावकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार मादक पदार्थ सेवन गर्दै तरकारीमा प्रयोग गर्न राखिएको विषादी सेवन गरेका उनलाई प्राथमिक उपचारका लागि रामपुर अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज लगिएकोमा रकम अभावमा आफन्तले उपचार नगराइ घर फर्काएका थिए । घर फर्काइएपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
वृद्धको शव भेटियो
यस्तै, रामपुर–७ विजयपुरस्थित सडकछेउमा ६९ वर्षीय भुवन दमाइ मृत भेटिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–७ हिलेमराङ घर भई हाल रामपुर–५ मा बस्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्