१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार छैन : चौधरी ग्रुप

आरोप लगाउनेलाई संलग्नता पुष्टि गर्न चुनौती

4.576k
Shares

काठमाडौं । चौधरी ग्रुपले बजेठ निर्माण प्रक्रियामा आफ्नो चासो र सरोकार नभएको प्रष्टिकरण दिएको छ ।

बुधबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बजेट निर्माणमा आफूहरूको चासो र सरोकार नरहेको स्पष्ट पार्नुभएको हो ।

बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको जनाउँदै उहाँले विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूप्रति खेद व्यक्त गर्नुभएको छ ।

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं,’ उहाँले भन्नुभयो, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं ।’

प्रबन्ध निर्देशक चौधरीले बजेट निर्माणमा आफूहरूको संलग्नता पुष्टि गर्न चुनौती दिनुभएको छ । साथै यस सम्बन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनसमेत उहाले आग्रह गर्नुभयो ।

यस मामिलामा आफूहरूको संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहने अवगत गराउँदै उहाँले संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहन पनि चुनौती दिनुभयो ।