२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्रीमाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र र स्वयं मन्त्रीले दिनुपर्छ : झलनाथ खनाल


26
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ (माओवादी केन्द्र) र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैंले दिनुपर्ने बताउनुभएको हो ।

खनालले अर्थमन्त्रीमाथि उठेको सवालहरूको हेलचेक्र्याइँ गर्नु नहुने बताउनुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरूलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानविन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताउनुभयो ।

बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वभाविक भएको उहाँको भनाइ छ । उहाँले अर्थमन्त्री शर्मा माथिको आरोपको विषय गठबन्धनमा छलफल योग्य विषय भएपनि हालसम्म गठबन्धनमा छलफल नभएको बताउनुभयो ।