१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रणवीर सिंहको संघर्ष  : स्टारबक्समा जागिरदेखि खाना बेच्चेसम्मको काम


585
Shares

एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह आफ्नो अनौठो फेसनका कारण प्रायजसो चर्चामा आउने गर्दछन् । उनको अभिनय पनि उत्तिकै राम्रो हुने गरेको छ ।

उनका प्रसंशकहरू उनको फिल्मको सधै प्रतिक्षामा रहने गर्दछन् । फिल्म र व्यक्तिगत कुराका कारणपनि चर्चामा आउने गरेका रणवीरको बुधबार जन्मदिन परेको छ । उनी आफ्नो जन्मदिन विषेश रूपमा मनाइरहेका छन् ।

रणवीरलाई अभिनयको रुचि सानै बेलादेखि थियो, तर उनलाई यो पनि थाहा थियो कि फिल्म उद्योगमा पाइला राख्न त्यति सजिलो छैन । त्यसैले  उनी स्नातक डिग्री प्राप्त गर्न अमेरिकाको इन्डियाना विश्वविद्यालयमा भर्ना भए । विश्वविद्यालयमा उनले अभिनय कक्षा र थिएटर अभ्यास गर्न थाले।

कामको शिलसिलामा जब उनीसँग पैसाको कमी हुँदै गएपछि  रणवीरले आफ्नो  कलेजका दिनहरूमा आंशिक समय काम गर्न थालेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार रणवीरले युनिभर्सिटीमा पढ्दा स्टारबक्स कफी कम्पनीमा आंशिक समयकाम गरेका थिए । 

यति मात्रै होइन, अतिरिक्त आम्दानीका लागि उनले आफ्नो कोठामा बटर चिकेन बनाएर समेत बेच्ने गर्थे ।