१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्रीमाथि छानविन गर्न ११ सदस्यीय संसदीय छानविन समिति गठन, काे-काे छन् समितिमा ?

१० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

4.654k
Shares

काठमाडौं । प्रतिनिधिसभाले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानविन गर्न संसदीय छानविन विशेष समिति गठन गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले राख्नुभएको संसदीय छानविन विशेष समिति गठन गर्ने प्रस्तावमा सांसदहरू सर्वसम्मत सहमत भएका छन् ।

समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो रहेका छन् ।

समितिले बजेट निर्माणका क्रममा करका दरहरू हेरफेर भएको सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सार्वजनिक सञ्चारमाध्यम र सदनमा कुरा उठेकाले सत्थतथ्य छानविन गरी सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

सभापति आफैँ चयन गर्न समितिलाई जिम्मा दिइएको छ भने समितिले आवश्यक देखेमा अन्य व्यक्तिले पनि छानविनमा सहयोग पुर्याउन सक्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

काम सुरु भएको मितिले १० दिनभित्र समितिले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।