११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


करवृद्धिविरुद्ध प्रदर्शन


0
Shares

परासी, साउन ३० । नवलपरासीको सदरमुकाम परासीका व्यवसायीहरुले करवृद्धिविरुद्ध बुधबार प्रदर्शन गरेका छन् ।

साना व्यवसायीहरुले थेग्नै नसक्ने गरी रामग्राम नगरपालिकाले कर बढाएको भन्दै साप्ताहिक हाटबजार व्यवसायी संघले प्रदर्शन गरेको हो ।

नगरपालिकाले ६० प्रतिशतभन्दा बढी कर बढाएपछि त्यसको विरोध सुरु भएको हो ।

गत वर्षभन्दा तेब्बर कर बढाएको व्यवसायी र स्थानीयले बताएका छन् ।

वृद्धि गरिएको कर फिर्ता लिन नगरपालिकासँग पटक–पटक माग गरेपनि वास्ता नगरेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयअगाडि जुलुस प्रदर्शन गरेका थिए ।