
काठमाडौं । इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुर्नजीवित गर्न कूटनीतिक प्रयासहरू भइरहेको समयमा अमेरिकाले इरानमाथि लगाइएका प्रतिवन्धहरू केही खुकुलो बनाएको छ ।
सो आणविका सम्झौता पुर्नविचार गर्ने बारेमा इरानलाई दबाब दिन अमेरिकाले पूर्वी एसियामा अमेरिकी अनुमोदित इरानी पेट्रोलियम र पेट्रो केमिकल उत्पादन र बिक्री गर्न सहज भएको छ ।
अमेरिकी र इरानी कूटनीतिज्ञहरूको संयुक्त विस्तृत कार्ययोजनालाई पुर्नस्थापित गर्ने प्रयासमा कतारमा दुवै देशका अधिकारीहरूबीच अनौपचारिक वार्तासमेत भएको बताइएको छ ।
सो वार्तामा बहुपक्षीय सम्झौता गरी इरानमाथि लगाइएका प्रतिवन्धहरू क्रमश: हटाउन अमेरिका सहमत भएको छ । सो सम्झौतासँगै इरान युएई र हङकङमा रहेका धेरै व्यक्ति र फर्ममाथि लागेको आरोप पुष्टि नहुने बताइएको छ ।
अमेरिकाले यसअघि ती मुलुकका केही व्यक्ति र फर्महरूलाई सयौं मिलियन डलरको इरानी पेट्रोलियम पदार्थ इरानी कम्पनीहरूबाट ढुवानी र बिक्रीमा सहयोग गरेको आरोप लागेको थियो ।
अमेरिकाको यो कदमसँगै राष्ट्रपति जो बाइडेनको आगामी हप्ता हुने इजरायल र साउदी अरबको भ्रमणसँगै इरानसँगको सम्झौता पुनर्जीवित गर्ने सम्भावना कम भएको विश्लेषकहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्