६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नाडाल विम्बल्डनको सेमिफाइनलमा


39
Shares

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लण्डनको सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनल खेलमा अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडाल सेमिफाइनलमा पुगेका हुन् ।

११ औं वरीयताका टेलरविरुद्धको खेल दोस्रो वरियताका नाडालले ३–६, ७–५, ३–६, ७–५ र ७–६ ले जिते ।

३६ वर्षीय नाडालले अब सेमिफाइनलमा अष्ट्रियाका निक किर्गियोसको सामना गर्नेछन् ।

करियरमा २२ पटक ग्राण्डस्लाम जितिसकेका नाडाल विम्बल्डनको उपाधि जित्दै आफ्नो कीर्तिमान सुधार गर्न चाहन्छन् ।

यसैगरी, महिलातर्फ रोमानियाकी सिमोना हालेप सेमिफाइनलमा पुगेकी छिन् । क्वाटरफाइनलमा अमेरिकन खेलाडी अनिसिमोभालाई ६–२ र ६–४ को सोझो सेटमा हराउँदै हालेप सेमिफाइनलमा पुगेकी हुन् ।