
काठमाडौं । चितवनको कालिका नगरपालिकामा चट्याङ लागेर धान रोप्न गएका १४ जना रोपाहार घाइते भएका छन् ।
कालिका–८, मझुवामा खेतमा धान रोपाइँ गरिरहेको बेलामा बुधबार साँझ हुरी, बतास र पानीसँगै परेको चट्याङले उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्