
एजेन्सी । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले दोस्रो विवाह गरेका छन् । मुख्यमन्त्री निवासमै मानले सीमित व्यक्तिहरूको उपस्थितिमा विवाह गरेका हुन् ।
समारोहमा दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालका साथै राज्यसभा सांसद राघव चड्ढा पनि उपस्थित थिए ।
मुख्यमन्त्री मान आफूभन्दा १६ वर्ष कान्छी डा. गुरप्रित कौरसँग विवाहबन्धनमा बाँधिएका हुन् । मान ४८ वर्षका भए भने कौर ३२ वर्ष भइन् ।
गुरपित कौरको परिवार पञ्जाबमा खेती गर्छन् भने उनी पढाइमा एकदमै तेज छिन् । उनले पढाइमै गोल्ड मेडलसमेत पाएकी छन् ।
मुख्यमन्त्री भगवन्त मानले आफ्नो पहिलो पत्नी इन्द्रजीत कौरसँग २०१६ मा डिभोर्स गरेका थिए । पहिलो पत्नीबाट उनका दुई बच्चा छन् ।
२१ वर्षीया छोरी र १६ वर्षीया छोरा भगवन्त मानको मुख्यमन्त्रीको शपथको बेला भारत आएका थिए । खासगरी उनीहरू आफ्नी आमासँग अमेरिकामा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्