
काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले नेपालमा कार्यरत गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले नेपालमा कार्यरत गैरसरकारी संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको बताउनुभएको हो ।
उहाँले त्यस्ता संस्थाहरूको लगानी पनि नियमपूर्वक नभएको भन्दै नियमन गर्नु आवश्यक रहेको बताउनुभयो ।
सांसद शर्माले मेलम्ची खानेपानी कहिले पूर्ण रूपमा निर्माण सम्पन्न हुन्छ भन्नेमा सम्बन्धित निकायसँग जवाफको माग गर्नुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सम्पन्न हुने समय र लागत बढिरहँदा पनि सरकारले विकास निर्माणका काममा नीतिगत परिवर्तन गर्न नसकेको बताउनुभयो ।
उहाँले देशमा अनैतिकता र कानून विपरीतका गतिविधि मौलाउँदै गएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्