१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबार संसदमा नागरिकता विधेयक पेश हुने, मन्त्री भन्छन्– ‘फास्ट ट्रयाकबाट पारित हुन्छ’


351
Shares

काठमाडौं । मन्त्री तथा सांसदहरूले शुक्रबारको बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताए । उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिए ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताउनुभएको छ ।

मन्त्री यादवले सरकारले संसदमा पेश गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताउनुभयो । उहाँले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाच्नुपरेको भन्दै सर्वसम्मत् रूपमा विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले शुक्रबारको प्रतिनिधिसभा बैठकमा नै नागरिकता सम्बन्धी विधेयक पेश हुने बताउनुभयो ।

विधेयकको सम्बन्धमा गठबन्धन एक ठाउँमा रहेको उल्लेख गर्दै उहाँले सर्वदलीय सहमतिका लागि शीर्ष नेताहरूले कोशिस गरिरहेको जानकारी दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताउनुभयो ।

उहाँले पनि नागरिकतासम्बन्धी विधेयक शुक्रबारको प्रतिनिधिसभा बैठकमा पेश हुने जानकारी पाएको बताउनुभयो ।