६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पेटको समस्या कारण नाडालले विम्बल्डनको सेमिफाइनल नखेल्ने


195
Shares

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेलअगाडि नाम फिर्ता लिएका छन् ।

क्वाटरफाइनल खेलकै क्रममा स्वास्थ्य समस्याले पिरोलिएका नाडालले पेटको समस्या झनै बढेको भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् ।

नाडालले नाम फिर्ता लिएपछि उनका प्रतिद्वन्द्वी निक किर्गीयास सेमिफाइनल खेल नखेली फाइनलमा पुगेका छन् ।

फाइनलमा किर्गीयोसको भिडन्त सर्वियाका नोभाक जोकोभिच वा बेलायतका क्यामरुन नुरीसँग हुनेछ ।

यसैगरी, महिलातर्फ ट्युनिसियाकी ओन्स जबिउर र काजखस्तानकी एलिना रिबाकिना फाइनलमा पुगेका छन् । सेमिफाइनलमा जर्मनीकी तातीयाना मारियालाई ६–२, ३–६ र ६–१ को सेटमा हराउँदै जबिउर विम्बल्डन टेनिसको फाइनलमा पुग्ने पहिलो अरब खेलाडी बनेकी हुन् ।

यसैगरी, अर्को सेमिफाइनलमा रोमानियाकी सिमोना हालेपलाई ६–३ र ६–३ को सोझो सेटमा हराउँदै रिबाकिनाले पनि फाइनलमा स्थान पक्का गरिन् ।