१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्यो


143
Shares

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबारबाट आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले १५ करोड बराबरको १५ लाख कित्ता सेयर खुला गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड नै सकिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।