१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु


117
Shares

accident

काठमाडौं । बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय बिल्टु रामकी ३ वर्षीया छोरी सृष्टी कुमारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना पछि मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएको छ ।