
काठमाडौं । पछिल्लो दुई दिनदेखि लगातार घटिरहेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन पनि दोहोरो अंकले घटेको छ ।
मंगलबार बढेर बुधबार र बिहीबार घटेको बजार शुक्रबार ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीहरूको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ५.६० विन्दुले घटेर ३७९.८९ विन्दुमा झरेको छ ।
बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन २ सय १७ कम्पनीको ३० लाख ६३ हजार ४ सय ७६ कित्ता शेयर किनबेच गर्दा १ अर्ब १६ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
यसदिन १३ उपसूचक सबै राताम्मे भएका छन् । जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह तीन अंकले ओरालो लाग्दा म्युचल फन्ड र लगानी समूह सामान्य ऋणात्मक रहे । अन्य समूह दोहोरो अंकले ओरालो झरे ।
शुक्रबार शिवम् सिमेन्टमा सबैभन्दा धेरै लगानीकर्ताले लगानी गरे । उक्त कम्पनीको सबैभन्दा बढी ५ करोड ५९ लाख रुपैयाँको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्