१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापामा हात्तीको आक्रमणका कारण ५ जनाको मृत्यु


507
Shares

काठमाडौं । झापा जिल्लामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमण कारण पाँच जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणमा परेर मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु बढी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मानिसलाई मार्ने गरेको पाईएको छ । हात्तीले बिहान र बेलुकाको समयमा आक्रमण गर्दा मानिस मृत्यु भएको हाे ।

भारतबाट दैनिक हुल बाँधेर आउने हात्ती मध्ये १३ वटा झापाकै जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा ४ दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर चलिरहेकाे छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति भने रोकिएको छैन् । त्यस्तै, चालू आर्थिक वर्षमा साेही जिल्लामा दुई वटा हात्ती समेत मारिएका छन् ।