
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तलबबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताउनुभएको छ ।
शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु ।’
यसैबीच उहाँले आज यम बुद्धका बुवा र आमालाई भेट्नुभएकाे छ ।
महानगरले यमबुद्धको सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएको छ । यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि बालेन्द्र आफैंले सामाजिक सञ्जालमार्फत आफ्नै तलबाट बनाउने घोषणा गर्नुभएको हो ।
महानगरको बजेटमा बालेन्द्रको आफ्नो निकट रहेकाको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । ¥याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा आत्महत्या गरेका थिए । उनको निधन लण्डनमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्